मिति २०७९–०३–१९ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र नेपाली गैरसरकारी संस्था Nyaya Health Nepal -NHN को साझेदारी बाट सञ्चालनमा रहेको जिल्ला अछामको साँफेबगर नगरपालिका वडा न.७ स्थित बयलपाटा अस्पतालको अध्ययन तथा अवलोकन गर्ने अवसर प्राप्त भयो ।
अस्पतालको अध्ययन तथा अवलोकन क्रममा स्वास्थ्य सेवा लाई पारदर्शी, जवाफ देही एवं जनउत्तरदायी बनाउन स्वास्थ्य सुशासन, समुदायको संस्कृतिलाई मध्यनजर गर्दै स्वास्थ्य सेवालाई सेवाग्राही मैत्री र सेवाग्राहीहरूको उजुरी,गुनासो, सुझावको सुनुवाइ गरी सो को समाधानको लागि आवश्यक योजना बनाई कार्य गरी गरिरहेको पाइयो ।
सबैका लागि गुणस्तरीय स्वास्थ्य ध्येय का साथ नेपाल सरकार सङ्ग सहकार्य गर्दै सुविधा–वञ्चित समुदायका लागि स्वास्थ्य सेवामा सुधार गर्ने लक्ष्य लिएर काम गर्दै सरकारले वित्त प्रदान गर्न लिएको जिम्मेवारी, सक्षम वातावरण र स्वास्थ्य सेवाबाट वञ्चित समुदायमा पुग्ने क्षमतामा सहयोग का साथै वर्ग, भौगोलिक, लैङ्गिक, जात र जातीयताको कारण स्वास्थ्यमा असमानताहरू सुधार गर्न वञ्चित जनसङ्ख्यामा ध्यान एकीकृत सेवा प्रवाह प्रणाली निर्माण, एकीकृत कार्यक्रम डिजाइन र लागू, स्वास्थ्य सेवा प्रणाली को लागी एक एकीकृत दृष्टिकोण मापन गर्ने लक्ष्यका साथ र नयाँ प्रविधिको उच्चतम प्रयोग गरी काम गरिहरेको बयलपाटा अस्पतालका सिनियर फाइनान्स अफिसर राम राज खकुरेल ले जानकारी दिनु भएको छ ।
स्वास्थ्यमा न्याय ,उपचारमा भेदभाव नहोस् साथै अस्पताल भित्र प्रवेश गरिसके पछि उपचार बाहेक अरू कुनै कुरा सोच्नु नपरोस् (जस्तै आर्थिक र अरू समस्या) भन्ने उद्देश्यका साथ सञ्चालन भएको अस्पतालले डडेलधुरा, बाजुरा, डोटी, दैलेख, मुगु र अन्य केही जिल्ला बाट रिफर भएका बिरामीहरू को निःशुल्क औषधि उपचार सहित बिरामीहरूलाई खानाको व्यवस्था गरेको छ ।
सेती प्रादेशिक अस्पतालको व्यवस्थापन समितिको सदस्यको हैसियतले गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्य सेवाग्राही वा बिरामीलाई बिना कुनै हानी नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै स्वास्थ्यकर्मीको बोली व्यवहार राम्रो हुनु, दक्ष र योग्य स्वास्थ्यकर्मी हुनु, उचित पूर्वाधार हुनु, आवश्यक उपकरण र औजारहरूको व्यवस्था गर्नु, सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु आदि पनि गुणस्तरीय स्वास्थ्य सेवाको लागि अति आवश्यक कुरा हुन् साथै जुनसुकै मुलुक, समाजमा बसे पनि, जस्तो आर्थिक हैसियत भए पनि हरेक व्यक्तिको ज्यान उत्तिकै महत्त्वपूर्ण हुन्छ र कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याका बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको राय सल्लाह मान्नु, समयमा नै भने अनुसार औषधीको सेवन गर्नु र आफ्नो स्वास्थ्यको पूरा ख्याल राख्ने जिम्मा हरेक व्यक्तिको हो त्यसैले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हरेक स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरू सेवाग्राही प्रति उत्तरदायी हुनु नितान्त जरुरी छ साथै स्वास्थ्य सेवा अति संवेदनशील सेवा हो, गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै सेवाग्राहीको अधिकार हो भने गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकार, स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मी सबैको कर्तव्य हो तसर्थ, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षले यो संवेदनशील भएर बुझ्नु र बुझाउनु एकदम जरुरी छ । सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सम्भव छ भन्ने सल्लाह र सुझाव दिइयो ।
बयलपाटा अस्पतालले सीमित स्रोत साधनको र नयाँ प्रविधिको को उच्चतम प्रयोग गर्दै एक दमै राम्रो व्यवस्थापनका साथ सञ्चालन भइरहेको बयलपाटा अस्पताल सँग समन्वय सहकार्य गरी प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र स्वास्थ्य चौकीहरूले स्वास्थ्य सेवामा कसरी सुधार गर्न धेरै कुरा सिक्न सकिन्छ ।
बयलपाटा अस्पतालले स्वास्थ्य क्षेत्र पुराएको योगदानको कदर गर्दै सरकारले अस्पताललाई प्रदेश अन्तर्गत राखी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा बिस्तार गरी सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा ज्ञान , सिप र धारणाको विकास गर्नु जरुरी छ ।
Leave a Reply