मुख्य सामग्रीमा जानुहोस्

पार्टी गतिविधि

जोरायल रास्वपामा २० जना पार्टी प्रबेश

३१९ अवलोकन
जोरायल रास्वपामा  २० जना पार्टी प्रबेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जोरायल गाउँपालिका समितिले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै वडा नं. ४, काफालीमा २० जना नयाँ सदस्यलाई पार्टीमा स्वागत गरेको छ।

 

पार्टीमा आबद्ध हुनेहरूमा सूर्य बहादुर बोहरा, तुलाक्षीधर बोहरा, योगेन्द्र बोहरा, राजेन्द्र क्षेत्री, रेखा सिलाल, गौरी देवी बोहरा, डम्बरी बोहरा, लक्ष्मी देवी बोहरा, पार्वती देवी बोहरा, रिमा बोहरा, सिता नेपाली, कामदेव बिक, कुष्मा देवी बिक, कल्पना बोहरा (क), पदम बोहरा, धर्मा बोहरा, कल्पना बोहरा (ख), महेश्वरी बिक, कल्पना बोहरा (ग) र कल्पना बिक रहेका छन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख डिल्ली राज भट्टले संगठन विस्तार केवल सदस्य संख्या बढाउने अभियान नभई जनविश्वास, सुशासन र उत्तरदायी राजनीतिक संस्कृतिको आधार निर्माण गर्ने अभियान भएको बताउनुभयो। उहाँले पार्टीको नीति, सिद्धान्त र जनउत्तरदायित्वलाई गाउँ-गाउँसम्म पुर्‍याउँदै सक्षम र सक्रिय संगठन निर्माणमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा जोरायल गाउँपालिका सभापति निराजन बिष्ट तथा सचिव विनोद सिंह बोहराको समेत उपस्थिति रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्लाभर संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै स्थानीय तहसम्म बलियो, सक्रिय र जनउत्तरदायी संगठन निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ।

 

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी