मुख्य सामग्रीमा जानुहोस्

पार्टी गतिविधि

जोरायल-२ मा रास्वपाले थप्यो ८ जना सदस्य

६९८ अवलोकन
जोरायल-२ मा रास्वपाले थप्यो ८ जना सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) जोरायल गाउँपालिका समितिले सञ्चालन गरिरहेको संगठन विस्तार अभियान अन्तर्गत जोरायल गाउँपालिका-२ स्थित मेलखोला गाउँका ८ जना स्थानीय नागरिक पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूमा मान बहादुर बिक, दिल बहादुर साउद, बल राम बिक, भिम बहादुर बिक, संगीता साउद, पार्वती कुमारी थापा, कल्पना देवी खत्री र बम बहादुर साउद रहेका छन्।

कार्यक्रममा बोल्दै रा.स्व.पा. डोटी जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख डिल्ली राज भट्टले संगठन विस्तार अभियानलाई जनविश्वाससँग जोडिएको अभियान भएको उल्लेख गर्दै स्वच्छ राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्व निर्माणमा स्थानीय नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उक्त कार्यक्रममा संगठन विभाग सदस्य रुद्र ऐर, जोरायल गाउँपालिका समिति सचिव बिनोद सिंह बोहरा तथा वडा नं. २ सभापति प्रेम बहादुर रावलको समेत उपस्थिति रहेको थियो।

रा.स्व.पा. जोरायल गाउँपालिका समितिले गाउँ-गाउँमा संगठन विस्तारलाई तीव्रता दिँदै नयाँ सदस्यहरूको सक्रिय सहभागितामार्फत जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कृतिको निर्माणमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी