रास्वपा डोटीमा तीन युवा प्रवेश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले आफ्नो संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै सायल गाउँपालिकाका तीन जना युवालाई पार्टीमा स्वागत गरेको छ।
पार्टीमा प्रवेश गर्ने सदस्यहरू:
१. लोकराज ओझा — सायल गाउँपालिका-२
२. नव ओझा — सायल गाउँपालिका-२
३. मनोज खाती — सायल गाउँपालिका-५
नवप्रवेशी सदस्यहरूलाई प्रदेश समिति सदस्य गणेश शाही, जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख डिल्ली राज भट्ट, जिल्ला सम्पर्क विभाग उपप्रमुख हिक्मतराज उपाध्याय तथा सायल गाउँपालिका सभापति गणेश ओझाले स्वागत गर्नुभएको थियो।
यस अवसरमा पार्टीका नेताहरूले रास्वपाको नीति, सिद्धान्त, सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभियानलाई सुदृढ बनाउन युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै नवप्रवेशी सदस्यहरूलाई पार्टीको संगठन विस्तार तथा जनसेवामा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी डोटीले नवप्रवेशी सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दै उज्ज्वल राजनीतिक यात्राको शुभकामना व्यक्त गरेको छ।