मुख्य सामग्रीमा जानुहोस्

पार्टी गतिविधि

रास्वपा जोरायलको जनपक्षीय पहलको प्रशंसा

२०३ अवलोकन
रास्वपा जोरायलको जनपक्षीय पहलको प्रशंसा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जोरायल गाउँपालिका समितिका सभापति निराजन बिष्ट र सचिव बिनोद सिंह बोहराले आम नागरिकबाट प्राप्त जनगुनासाका आधारमा विद्यालय वरपर मदिरा सेवन तथा बिक्री नियन्त्रण, ओभरलोड सवारी साधनमाथि निगरानी, लागूऔषध तथा असामाजिक गतिविधि नियन्त्रण, नियमित प्रहरी गस्ती तथा नागरिकमैत्री प्रहरी सेवा लगायतका विषयमा इलाका प्रहरी कार्यालय, जोरायल डोटीको रचनात्मक ध्यानाकर्षण गराउनुभएको छ।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी डोटीका सह-सचिव एवं संगठन विभाग प्रमुख डिल्ली राज भट्टको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा जनताको सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन तथा नागरिक-प्रहरी सहकार्यलाई थप सुदृढ बनाउन यस्ता जनसरोकारका विषयमा सम्बन्धित निकायसँग निरन्तर समन्वय र रचनात्मक पहल आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको आवाजलाई प्राथमिकतामा राख्दै सुशासन, जवाफदेहिता र नागरिक हितका मुद्दामा निरन्तर सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी