सिभिल सब–इन्जिनियर दिपेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध
रा.स्व.पा. डोटीको संगठन सुदृढीकरण अभियानअन्तर्गत डोटीको जोरायल गाउँपालिका-१, खार निवासी सिभिल सब-इन्जिनियर श्री दिपेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभएको छ। उहाँलाई रा.स्व.पा. सुदूरपश्चिम प्रदेश सह-महामन्त्री एवं संगठन विभाग प्रमुख श्री पारस बाहुनज्युले पार्टीमा स्वागत गर्नुभएको हो।
रा.स्व.पा. डोटी जिल्ला सह-सचिव एवं संगठन विभाग प्रमुख डिल्ली राज भट्टको संगठनात्मक समन्वय र पहलमा सम्पन्न उक्त पार्टी प्रवेशले डोटीमा संगठन विस्तार, दक्ष र सक्षम व्यक्तित्वहरूको सहभागिता तथा जनमुखी राजनीतिक अभियानलाई थप बल पुगेको विश्वास गरिएको छ।
श्री मल्लको पार्टी प्रवेशले डोटीमा सुशासन, विकास र उत्तरदायी राजनीतिक संस्कृतिलाई सुदृढ बनाउन सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। रा.स्व.पा. डोटीले उहाँलाई हार्दिक स्वागत गर्दै सफल राजनीतिक तथा सामाजिक यात्राको शुभकामना व्यक्त गरेको छ।