मुख्य सामग्रीमा जानुहोस्

पार्टी गतिविधि

जोरायल गाउँपालिका–२ मा १० जना रा.स्व.पा.मा आबद्ध

२०८३/०४/०८ २४७ अवलोकन
जोरायल गाउँपालिका–२ मा १० जना रा.स्व.पा.मा आबद्ध

रा.स्व.पा. डोटी जिल्ला समितिका सह–सचिव एवं संगठन विभाग प्रमुख डिल्ली राज भट्टको नेतृत्वमा सञ्चालन भइरहेको संगठन सुदृढीकरण अभियानअन्तर्गत रा.स्व.पा. वडा नं. २ समितिको पहलमा जोरायल गाउँपालिका–२, मल्लो रिठा गाउँमा पार्टी प्रवेश कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा १० जना स्थानीय नागरिक राष्ट्रिय स्वतन्त्र पार्टीमा औपचारिक रूपमा आबद्ध हुनुभएको हो।

कार्यक्रमलाई सफल बनाउन गाउँपालिका सचिव बिनोद सिंह बोहरा, वडा सभापति प्रेम बहादुर रावल, वडा सचिव तिलक बहादुर रावल तथा सम्पूर्ण वडा समितिले निर्वाह गरेको सक्रिय भूमिका उल्लेखनीय रहेको भन्दै उहाँहरूलाई हार्दिक धन्यवाद तथा उच्च प्रशंसा व्यक्त गरिएको छ।

नवप्रवेशी सदस्यहरू:
१. कमल बहादुर शार्की
२. नर बहादुर रावल
३. राजेन्द्र बिक
४. भक्त बहादुर सार्की
५. बिनोद शार्की
६. सोभान सुनार
७. गगन सिंह रावल
८. गोपाल वन योगी
९. पुरन सिंह रावल
१०. जल सिंह कामी

नवप्रवेशी सम्पूर्ण सदस्यहरूलाई हार्दिक स्वागत गर्दै संगठनलाई वडा तहदेखि अझ सुदृढ, व्यवस्थित र जनमुखी बनाउने अभियान निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी