मुख्य सामग्रीमा जानुहोस्

समाचार

मुटु दिवस : मुटु बचाउने चेतना, उपचारमा पहुँचको संकल्प

• २४३ अवलोकन
मुटु दिवस : मुटु बचाउने चेतना, उपचारमा पहुँचको संकल्प

मुटु शरीरको एउटा अंग मात्र होइन, जीवनको धड्कन हो। त्यसैले मुटुको स्वास्थ्यलाई व्यक्तिगत विषयमा सीमित नराखी समाज र राज्यको प्राथमिकतासँग जोड्नुपर्ने आवश्यकता छ।

नियमित स्वास्थ्य परीक्षण, सन्तुलित खानपान, दैनिक शारीरिक सक्रियता, धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट दूरी र समयमै उपचार साथै मुटु जोगाउने पहिलो कदम आफैँबाट सुरु हुन्छ।

तर चेतना मात्र पर्याप्त छैन। सुदूरपश्चिमका नागरिकले मुटुको विशेष उपचारका लागि टाढा जानुपर्ने अवस्था कम गर्दै आफ्नै प्रदेशमा विशेषज्ञ सेवा, दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य पूर्वाधार विस्तार गर्नुपर्छ।

मेरो दृष्टिमा स्वास्थ्य सेवाको अर्थ अस्पतालको भवन मात्र होइन नागरिक बिरामी हुँदा समयमै उपचार पाउने भरोसा हो।

यस विश्व मुटु दिवसमा एउटा सरल सन्देश :

“मुटुको ख्याल गरौँ, स्वास्थ्यको अधिकार सुनिश्चित गरौँ; स्वस्थ नागरिकबाटै समृद्ध सुदूरपश्चिम निर्माण गरौँ।”

विश्व मुटु दिवसको हार्दिक शुभकामना।

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी