मुख्य सामग्रीमा जानुहोस्

समाचार

संविधान दिवस : संविधानको केन्द्रमा नागरिक, राजनीतिको केन्द्रमा पनि नागरिक

९१ अवलोकन
संविधान दिवस : संविधानको केन्द्रमा नागरिक, राजनीतिको केन्द्रमा पनि नागरिक

संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको संविधानले सार्वभौमसत्ता नेपाली जनतामा निहित गर्दै नागरिकका अधिकार, स्वतन्त्रता, समानता, सामाजिक न्याय र सहभागितालाई लोकतान्त्रिक व्यवस्थाको आधार बनाएको छ। संविधानको वास्तविक अर्थ त्यसका अक्षरमा मात्र होइन, नागरिकले आफ्नो जीवनमा अनुभूति गर्ने अधिकार, सम्मान र अवसरमा हुन्छ।

मेरो राजनीतिक बुझाइमा संविधानको केन्द्रमा नागरिक छन् भने राजनीतिको केन्द्रमा पनि नागरिक नै हुनुपर्छ। नागरिकलाई केवल मतदाता होइन, नीति निर्माण र सार्वजनिक निर्णयका सचेत साझेदारका रूपमा स्थापित गर्ने तथा सत्तालाई अधिकारको सुविधा होइन, जनताप्रतिको जिम्मेवारीका रूपमा स्थापित गर्ने राजनीतिक संस्कार आजको आवश्यकता हो।

प्रश्न गर्ने नागरिक, पारदर्शी शासन र जवाफदेही राजनीति यिनै हुन् जीवन्त लोकतन्त्रका आधार हो भन्ने मेरो बुझाई छ l

संविधान दिवसले हामी सबैलाई अधिकारसँगै आफ्नो नागरिक जिम्मेवारी सम्झाउँदै नागरिकको आवाज, सहभागिता र सम्मानलाई केन्द्रमा राख्ने राजनीतिक संस्कार निर्माण गर्ने प्रेरणा प्रदान गरोस्।

नागरिक बलियो भए लोकतन्त्र बलियो हुन्छ।
लोकतन्त्र बलियो भए संविधानको मर्म बलियो हुन्छ।

संविधान दिवसको पुनः हार्दिक शुभकामना।

सेयर गर्नुहोस्
घण्टी डिल्ली राज भट्ट सह-सचिव एवम् संगठन विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी, डोटी