जिल्ला अस्पताल डोटीमा विभिन्न कक्षको अवलोकन तथा भ्रमण गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्री धन बहादुर नेपाली, मे.सु डा.नीराजन श्रेष्ठ, डा.समीर सिंह, डा.राजेन्द्र फुलारा, डा.शान्ति आचार्य, डा. डवल बूढा,नर्सिङ इन्चार्ज श्री मिना चन्द र प्रशासन शाखा प्रमुख सँग महत्त्वपूर्ण विषयमा छलफल भएको छ ।
सेती प्रादेशिक अस्पतालले प्रदेश कै सबै भन्दा ठुलो अस्पताल भएकोले हाम्रो सुदूरपश्चिम प्रदेश भित्र रहेका सम्पूर्ण जिल्ला अस्पतालहरू सँग समन्वय र सहकार्य गरी जिल्ला अस्पतालहरूमा विविध किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्न सेती प्रादेशिक अस्पताल महत्त्वपूर्ण भूमिका खेल्न जिल्ला अस्पताल डोटीका अ.व्य.स. अध्यक्षले सुझाव दिनु भएको भएको छ ।
यसै गरी मे.सु डा नीराजन श्रेष्ठ ले सेती प्रादेशिक अस्पतालमा अत्यधिक बिरामीको चाप भएकोले सम्पूर्ण नागरिक लाई सेवा दिन विस्तारित अस्पताल सेवा (Extended Health Service) लागू गरी अगाडी बढ्न सल्लाह सुझाव दिनु भएको छ ।
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको प्राप्त सदस्य पदको जिम्मेवारी अनुसार सल्लाह सुझाव दिँदै प्रादेशिक अस्पतालको विविध विषयमा जानकारी छलफल पछि सम्पूर्ण जिल्ला अस्पतालहरूले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीहरूलाई सम्बन्धित जिल्ला मै उत्कृष्ट का साथै विशिष्ट सेवा प्रदान गरी जिल्ला मा नै अस्पतालको स्रोत साधन अधिकतम प्रयोग गरी बिरामीहरूको उपचार गर्न सकेमा हाम्रो प्रदेश स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन हुने र स्वास्थ्य बिमा कार्यक्रम देशका सबै नागरिकहरूलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले ल्याइएको नेपाल सरकारको प्राथमिकता प्राप्त कार्यक्रमलाई आत्मसाथ गर्दै अगाडी बढ्न सके राम्रो परिणाम आउने र हामी अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरू सरकारको प्रतिनिधि भएकोले सम्मानपूर्वक बाँच्न पाउने हकअन्तर्गत बिरामी पर्दा राज्यद्वारा सञ्चालित सरकारी अस्पतालबाट स्वास्थ्य उपचार पाउने प्रत्येक नागरिकको मौलिक हक हो भने सरकारी अस्पतालबाट नागरिकलाई उपचार दिलाउने हाम्रो कर्तव्य हुने भएकोले सम्पूर्ण पक्षको सहकार्य गरी अगाडी बढ्न जिल्ला अस्पताल डोटी लाई सुझाव दिइएको थियो ।
Leave a Reply